देउवा प्यानलको उम्मेदवारी दर्ता, को-को छन् टिममा ?

देउवा प्यानलको उम्मेदवारी दर्ता, को-को छन् टिममा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उनले शिनबार राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै देउवा प्यानलबाट महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतले उम्मेदवारी दर्ता गराएका छन् ।

देउवाले उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर आफ्नो प्यानल तयार पारेका हुन् । देउवाको प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापतिको उम्मेदवार छन् ।

यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव, खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवन शाही उम्मेदवार बनेका छन् ।

यसअघि प्रवक्ता विश्वप्रकाश शर्मा पनि देउवा प्यानलबाटै उम्मेदवार बन्ने चर्चा भए पनि प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बन्ने भएपछि असन्तुष्ट बन्दै देउवा प्यानलबाट बाहिरिएका छन् । उनले प्रकाशमान प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।