देउवा पक्षले टुंगो लगायो ८ सहमहामन्त्रीको उम्मेदवार (सुचीसहित)

देउवा पक्षले टुंगो लगायो ८ सहमहामन्त्रीको उम्मेदवार (सुचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन पक्ष तथा शेरबहादुर देउवा पक्षले ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुंगो लगाएको छ । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत देउवा पक्षले ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुंगो लगाएको हो ।

जसअनुसार महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे (पाँचथर), दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव (धनुषा), खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर (बर्दिया), थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी (बारा), मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही (हुम्ला) लाई उम्मेदवार बनाउने निर्णय भएको स्रोतले जनाएको छ ।

त्यसैगरी खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी (झापा), श्याम घिमिरे(सिन्धुली), नारायणबहादुर कार्की (उदयपुर), कृष्णबहादुर कार्की (नवलपरासी पूर्व), गेहेन्द्र गिरी (दाङ), प्रकाश अधिकारी (चितवन), गोविन्दबहादुर शाह (अछाम) तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण (सिराहा), नानु बास्तोला (काठमाण्डु), चम्पा खड्का (बागलुङ), कान्तिका सेजुवाल (जुम्ला), लीला नेपाल (सिन्धुपाल्चोक) र विद्या तिमिल्सिना (बाजुरा) लाई उम्मेदवार बनाउने निर्णय भएको छ ।