काठमाण्डु – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृतव चयनका लागि सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । काँग्रेसको केन्द्रिय निर्वाचन आयोगका अनुसार सभापतिमा शेरबहादुर देउवासहित विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको छ ।
उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । जसमा महेश अचार्यसहित सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिवेश्वरी शाह, विजयकुमार गच्छदार छन् । यता महामन्त्रीमा ६ जनाले उम्मेदवारी दिएका छन् । विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेल महामन्त्री पदमा भिड्ने भएका हुन् ।
त्यस्तै सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको छ । जसमा बद्री प्रसाद पाण्डे, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, जीवनबहादुर शाही, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङदम्बे, चेतराज बजाल, शेख वकील उमाकान्त चौधरी र डिना उपाध्याय छन् ।
केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ । खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको छ ।
कूल १३४ पदमा ५४८ जनाको उम्मेदवारी परेको छ ।
यस्तो छ सूची






प्रतिक्रिया