पहिलो चरणमै सभापतिमा विजयी हुने देउवाको विश्वास

पहिलो चरणमै सभापतिमा विजयी हुने देउवाको विश्वास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा पक्कै पार्टीको बहुमत आउने विश्वास दिलाए । प्रधानमन्त्री देउवाले भने, ‘सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु ।’

सभापतिका प्रत्यासी डा शेखर कोइरालाले सङ्घीय संसद् नचलेको, न्यायपालिकाको अवस्था राम्रो नरहेको तथा मुलुकको आर्थिक अवस्था पनि बेहाल रहेकाले आफ्नो नेतृत्वमा बनेको समूहले देशको परिस्थिति र पार्टी भित्रको अवस्थालाई सुधार गर्न नयाँ सोच र विचारका साथ कार्यक्रम लिएर अगाडि बढ्ने विश्वास व्यक्त गरे । ‘पाकाहरूका होस् र युवाका जोसका आधारमा नेपाली कांग्रेसलाई अघि बढाउछौँ,’ उनले भने ।