काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि जंगीलाल रायले दिएको उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित भएका हुन् ।
सो पदमा ढुंगाना, राय र रिजालको उम्मेदवारी परेको थियो । कांग्रेस निर्वाचन समितिका अनुसार आज १२ बजेसम्मका लागि मनोनयन फिर्ता लिने समय तोकिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
समितिले शनिबार राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको छ । जसअनुसार १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । सभापतिमा मात्र ६ जनाको उम्मेदवारी परेको छ । जसमा चार जना प्यानललसहित चुनावी मैदानमा छन् ।




प्रतिक्रिया