मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका नेता मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विश्वकर्माले दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका थिए ।

तर आज उनले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका हुन् । निर्वाचन समितिका अनुसार पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाको उम्मेदवारी परेको थियो ।

विश्वकर्माले शेरबहादुर देउवाको प्यानलबाट पदाधिकारीमा लड्न चाहेका थिए । तर खुल्ला केन्द्रीय सदस्यका लागि समेत प्यानलमा नपरेपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।