काठमाण्डु – कर्णाली प्रदेशबाट नेपाली कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यमा १५ जनाले उम्मेदवारी दिएका छन् । पार्टीको १४ औं महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट उपसभापतिमा पूर्णबहादुर खड्का र दुर्गम तथा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै, खुला केन्द्रीय सदस्यमा हर्षबहादुर बम र हस्तबहादुर मल्ल उम्मेदवारी दिएका छन् । महिला खुला केन्द्रीय सदस्यमा रंगमति शाहीले उम्मेदवारी दिएकी छन् । कर्णाली प्रदेशबाट नारायणप्रसाद भट्टराई, हृदयराम थानी, राजीवविक्रम शाह, दिनबन्धु श्रेष्ठ र कर्णबहादुर बुढा उम्मेदवारी दिएका छन् । कर्णाली प्रदेशबाट महिला केन्द्रीय सदस्यमा जानकी सिंह र मैना कार्की रावलले उम्मेदवारी दिएकी छन् ।
खस आर्य महिला केन्द्रीय सदस्यमा भावना शाही र कान्तिका सेजुवाल उम्मदवारी दिएकी छन् । खुला पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा दीपकजंग शाहीले उम्मेदवारी दिएका छन् ।




प्रतिक्रिया