उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइयो, १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने

उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइयो, १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइएको छ । यसअघि आइतबार बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो ।

अब साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय थप गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

उम्मेदवारी फिर्ता गर्न चाहनेको संख्या ठूलो भएकाले समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

दिउँसो १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।