काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तर्गत विभिन्न पदमा मनोनयन दर्ता गराएका २७ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । हिजो शनिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये हालसम्म २७ जनाले उमेद्वारी फिर्ता लिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा (दलित खुला), सीताराम महतो (मधेसी), जुनाकुमारी थानी (खसआर्य महिला), ध्रुवराज गुरुङ (जनजाति), दिपक अधिकारी (खसआर्य) छन् ।
यस्तै, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल (मधेसी), विना पौडेल (महिला), भक्तबहादुर बलायर (खुला), माया राना (जनजाति महिला), राजुराज जोशी, गोपीलाल विश्वकर्मा (दलित), मीनाकुमारी थापा (खुला महिला) ले पनि केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।
केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिने अन्यमा विष्णु पौडेल (खस आर्य), अनु गुरुङ (जनजाति महिला), शकुन्तला शर्मा (महिला), महेककुमार कर्माचार्य (अल्पसंख्यक), सिंहबहादुर राना (जनजाति खुला), संगीता मण्डल, सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत (खस आर्य) र माधवप्रसाद आचार्य छन् ।
निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको छ । त्यसलगतै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।




प्रतिक्रिया