काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशन अन्र्तगत आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदैछ । अहिले उम्मेदवारहरु महाधिवेशनस्थल आसपासमा मतदाताहरुसंग मत माग्न व्यस्त देखिएका छन् ।
पहिलो महिला आरजु राणा र सभापतिमा उमेद्वार प्रकाशमान सिंहबीच जम्का भेट भएको छ । आरजुले प्रकाशमान सिंहसंग भोट मागिन् भने प्रकाशमानले पनि सहयोग गर्न आग्रह गरेका थिए । पहिलो महिला आरजु खुला महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।




प्रतिक्रिया