काठमाण्डु – नेपाली कांग्रेसको सभापतिमा मनोनयन दर्ता गराएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । शनिबार भृकुटीमण्डप पुगेर न्यौपानेले पार्टीको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सभापति पदमा उम्मेदवारी दिएका थिए ।
तर उनले आज उम्मेदवारी फिर्ता लिएर सभापतिका अर्का उम्मेदवार शेखर कोइराला खेमालाई सर्मथन गर्ने भएका हुन् । उनले आफुले उम्मेदवारी फिर्ता लिएको र कोइराला प्यानललाई समर्थन गर्ने जानकारी दिए ।




प्रतिक्रिया