देउवा प्यानलको पदाधिकारीमा सुदूरपश्चिमकै नेता अटाएनन्, यस्तो बन्यो टिम

देउवा प्यानलको पदाधिकारीमा सुदूरपश्चिमकै नेता अटाएनन्, यस्तो बन्यो टिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट पदाधिकारीमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट सुदुरपश्चिमका शेरबहादुर देउवा मात्र पदाधिकारीका उमेद्वार हुन् । देउवासँग अपेक्षा गरेका सुदुरपश्चिमेली नेताहरूले केन्द्रीय सदस्यको उमेद्वारीमा चित्त बुझाउनुपरेको छ ।

देउवा प्यानलबाट खुलातर्फ केन्द्रीय सदस्यमा सुदूरपश्चिमका तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । एनपी साउद, रमेश लेखक र नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर रहेका छन् । यता केन्द्रीय सदस्य महिलातर्फ डा. आरजु राणा देउवा र इश्वरी न्यौपानेले देउवा प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् । देउवा प्यानलबाट तीन जना भूगोलतर्फ अटाएका छन् ।

सुशीला भट्ट, यज्ञराज जोशी, डा. रामबहादूर रावल रहेका छन् । त्यसैगरी दलित केन्द्रीय सदस्यतर्फ धनगढीका मेयर नृपबहादुर वड, केन्द्रीय सदस्य खस आर्यतर्फ अछामका गोविन्दबहादुर शाह र बाजुराकी विद्या तिमल्सिना, केन्द्रीय सदस्य थारूतर्फ रामजनम चौधरी र पिछडिएको क्षेत्रबाट बझाङका अर्जुनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।