देउवाको दबाबपछि सह महामन्त्रीमा बागी उम्मेदवारी दिएका चौधरीले लिए मनोनयन फिर्ता

देउवाको दबाबपछि सह महामन्त्रीमा बागी उम्मेदवारी दिएका चौधरीले लिए मनोनयन फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सह महामन्त्रीमा उम्मेदवारी दिएको सुरेन्द्र चौधरीले मनोनयन फिर्ता लिएका छन् । वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको प्यानलमा नअटाएपछि चौधरीले बागी उम्मेदवारी दिएका थिए । तर उनले उक्त उम्मेदवारी देउवाकै दबाबमा फिर्ता लिएको स्रोतले जनाएको छ ।

देउवाको प्यानलबाट सह महामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाति तर्फको सह महामन्त्रीमा भीष्मराज आङ्दाम्बे पाँचथर, दलिततर्फको सह महामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सह महामन्त्रीमा महेन्द्र यादव धनुषा, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिम तर्फको सह महामन्त्रीमा फर्मुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सह महामन्त्रीमा जीवनबहादुर शाही उम्मेदवार बनाइएका छन्।