काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिमा उम्मेदवारी दर्ता गराएका विमलेन्द्र निधिले महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् आइतबार भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्र्दैै निधिले महाधिवेशनपछि पाँच दलीय गठबन्धनबाट अन्य नेता वा कांग्रेसकै अरु कोही व्यक्ति प्रधानमन्त्री हुने दावी गरेका हुन् ।
उनले भने, ‘यो महाधिवेशनले नयाँ नेतृत्व ल्याउँछ र सरकार पनि परिवर्तन हुन्छ । सरकार परिवर्तन हुँदा पाँच दलीय गठबन्धनबाट वा कांग्रेसबाटै कोही प्रधानमन्त्री हुनेछ ।’ निधिले सभापतिमा धेरैको उम्मेदवारी परेका कारण पहिलो चरणको चुनाबमा कसैले नजित्ने बताएका छन् ।
‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन ।’ निधिले भने । दोस्रो चरणको चुनावमा देउवाविरुद्ध मोर्चाबन्दी गर्ने उनले बताए । ‘दोस्रो चरणमा म, प्रकाशमान र शेखरमध्ये जसले बढी मत ल्याउँछ, सबैले उसैलाई सघाउँछौं ।’ उनले भने ।




प्रतिक्रिया