भारतमा फेरि दुई जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

भारतमा फेरि दुई जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पन्जाबको चन्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दुई जनामध्ये एक जना आइरल्यान्डबाट भारत आएका विदेशी हुन् । उनीहरु दुबै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए । ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ ।