विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार श्रेष्ठलाई बोर्ड अध्यक्ष नियुक्त गरिएको हो।

उनले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथपछि मन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रमा देखिएका समस्या समाधान गर्दै नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउन नवनियुक्त अध्यक्ष श्रेष्ठलाई निर्देशन दिएका छन्।

बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष श्रेष्ठले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।

विज्ञापन क्षेत्रमा लामो अनुभव भएका श्रेष्ठ नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष हुन्।