काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार गगन थापाले आफूहरु कसैलाई हराउन उम्मेदवार नभएको बताएका छन् । आइतबार महाधिवेशनको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहिरहेको बताए ।
‘कसैलाई हामी हराउँदै छैनौं । हामी जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौं’ उनले भने । यो कांग्रेसभित्रै प्रतिस्पर्धा भएको भन्दै भृकुटीमण्डपमा भेला भएका मतदाताको हातमा आफूहरुको भाग्य रहेको बताए । ‘भोलि हाम्रो भाग्य के हुने भन्ने छ न अनुपम न वालुवाटारमा बसेर हुन्छ। हाम्रो तागत भृकुटीमण्डपमा छ’ उनले भने ।




प्रतिक्रिया