दैलेख- दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या गर्ने माओवादी कार्यकर्तालाई २० वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालत दैलेखले आइतबार पत्रकार थापालाई अपहरण गरेर हत्या गर्ने तीन जनालाई २० बर्ष कैदको सजाय तोकेको हो ।
जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासले मुख्य अभियुक्त अरुण भन्ने बमबहादुर खड्का, मुक्ति भन्ने बमबहादुर खड्का र केशव खड्कालाई २० बर्ष कैदको सजाय तोकेको हो । उनको हत्यापछि शव गाडन सघाउने अभियुक्त भक्तिराम लामिछानेलाई ३ बर्ष कैद सजाय तोकिएको छ ।
पत्रकार थापालाई माओवादी कार्यकर्ताहरुले २०६१ साउन २७ गते नौमुलेको द्वारीमा हत्या गरेका थिए । हत्यामा संलग्न मुक्ति फरार छन भने अरुणलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागी थुनामा राखेको छ ।




प्रतिक्रिया