माओवादी केन्द्र उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा

माओवादी केन्द्र उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन् । आइतबार राति सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डेलाई चयन गरेकाे छ ।

सचिवमा सुरेन्द्र बस्नेत चुनिदा सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारी चयन भए । निर्वाचन समितिका प्रमुख जगतकृष्ण पोखरेलका १ सय ४१ सदस्यीय प्रदेश कमिटी चयन भएकाे हाे ।

आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि परिमार्जनसहित पारित भएकाे छ ।