काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनस्थलमा आचारसंहिता विपरित भोट मागेको पाइएको छ । मतदानको समय सुरु हुनै लाग्दा कार्यकर्ताहरुले आचारसंहिता विपरित मत मागेको पाइएको हो ।
मतदानस्थलमा भोट माग्न नपाइने भएपनि कार्यकर्ताहरु लाइनमा बसेका मतदाताहरुलाई पर्चा र पम्प्लेट बाँड्दै हिँडेको पाइएको छ । मतदानस्थलमा पर्चा पम्प्लेट बाँड्नु निर्वाचन आचारसंहिता विपरित मानिन्छ ।
बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि मतपत्र छाप्न ढिलाई हुँदा मतदान सुरु हुन सकेको छैन् ।






प्रतिक्रिया