कांग्रेसको नेतृत्व चयनका लागि भएकाे मतदान सुरु

कांग्रेसको नेतृत्व चयनका लागि भएकाे मतदान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने मतदान अझै सुरु भएको छ । जेष्ठ सदस्य कुलबहादुर गुरुङले सुरुमा मतदान गरेका छन् ।

बिहान ८ बजेबाट हुनेभएपनि ढिला गरी मतदान सुरु भएको हो । सभापतिका लागि शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।

मतपत्र छाप्न ढिलाइ भएकाले मतदान ढिला गरी सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले बताए ।

मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो ।