निर्वाचन संयोजकले ‘माफी’ मागेपछि फोटो पत्रकारहरु नियमित काममा फर्किए

निर्वाचन संयोजकले ‘माफी’ मागेपछि फोटो पत्रकारहरु नियमित काममा फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्यामरा डाउन गरेर विरोधमा उत्रिएका फोटो पत्रकारहरु नियमित काममा फर्किएका छन् । निर्वाचन संयोजक गोपाल कृष्ण घिमिरेले पत्रकारहरुमाथि दुव्र्यवहार भएको स्वीकार गर्दै माफी मागेपछि फोटो पत्रकारहरु नियमित काममा फर्किएका हुन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको रिपोर्टिङ गर्न गएका पत्रकारहरुलाई प्रहरीले दुव्र्यवहार गरेपछि फोटो पत्रकारहरुले क्यामरा डाउन गरेका थिए ।

शीर्ष नेताहरुले मत खसाल्दै गरेको तस्बिर खिच्न जान खोजेका पत्रकारमाथि बल प्रयोग भएको थियो ।