ब्रिटिस कलेजमा नयाँ छात्रवृत्ति कार्यक्रमको घोषणा

ब्रिटिस कलेजमा नयाँ छात्रवृत्ति कार्यक्रमको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ छात्रवृत्ति कार्यक्रम द ओएचसिटी छात्रवृत्ति (२०२२)’ उपलब्ध गराउने भएको छ । यो छात्रवृत्ति एकजना नयाँ विद्यार्थीलाई उपलब्ध गराइने भएकाे हाे ।

यो छात्रवृत्तिलेपूर्ण ट्यूशन, विश्वविद्यालय दर्ता र पढाई अवधिभर परीक्षा शुल्कहरू कभर गर्नेछ । ओहाय परिवारद्वारा प्रदान गरिनेयो फेलोसिप ब्रिटिश कलेजमा विश्वव्यापी शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पविपन्न विद्यार्थीहरूलाई मद्दत गर्ने विशेष उद्देश्यका साथ योग्य स्नातक आवेदकहरूका लागि तयार गरिएको हो।

प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था ब्रिटिस कलेज भएको कुरालाई मध्यनगर राख्दै ओहाय परिवारले कलेजले उपलब्ध गराउने अन्तर्राष्ट्रिय स्तरको शिक्षा सबै पृष्ठभुमिका विद्यार्थीहरुको पहुँचमा पुगोस् भन्ने उदेश्यले यो फेलोसिप उपलब्ध गराउन लागेको हो ।

स्नातक तहका कोर्सहरु बिबिए, बिएस्सी (हन्स) कम्प्युटिब, बिएस्सी (हन्स) बिजनेश हस्पिटालिटी एण्ड म्यानेजमेन्ट) र ब्राण्ड न्यु कोर्स बिएस्सी (हन्स) साइबर सेक्युरिटी, डिजिटल फरेन्सिक्सका लागि विद्यार्थीहरुले आवेदन दिन सक्नेछन्। छात्रवृत्तिमा अध्ययन गर्नका लागि आफु सक्षम रहेकोबारे जानकारी यो लिंकमार्फत दिन सकिनेछ। २५ डिसेम्बर, २०२१ सम्मका लागि यो आवेदन खुल्ला गरिएको छ ।