काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार नेतृत्व चयनका लागि मतदान जारी छ । पार्टी नेतृत्वका लागि ५ सभापतिसहित सयौं उम्मेदवार मैदानमा उत्रिएका छन् । पार्टी नेतृत्वका आकांक्षीले आफूलाई विजयी बनाउन प्रचार–प्रसार गरिरहेका छन् ।
उम्मेदवार मात्र होइन उनीहरूका समर्थकले पनि विभिन्न पर्चा, पोष्टर बनाएर प्रचार–प्रसार गरिरहेका छन् । सोही प्रचारका क्रममा प्रदर्शनीमार्गको सडकभरि प्रचार सामग्री छरिएका छन् । यतिखेर प्रदर्शनीमार्ग, भृकुटीमण्डप, राष्ट्रिय सभागृह परिसरमा पर्चा र पम्प्लेटले भरिएको छ ।







प्रतिक्रिया