देशभर चिसो बढ्यो, काठमाण्डुको तापक्रम ४.२ डिग्रीमा झर्‍याे

देशभर चिसो बढ्यो, काठमाण्डुको तापक्रम ४.२ डिग्रीमा झर्‍याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर चिसो झन बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डु उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ ।

पछिल्लो २४ घन्टामा काठमाण्डुको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ । यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ ।

धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ । नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५.९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ । मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बुधबार बिहान पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ ।