काठमाण्डु –भारतीय वायु सेवाको हेलिकोप्टर दुर्घटनामा घाइते भएका सैनिकको पनि मृत्यु भएको छ ।
गत बुधबार तमिलनाडुमा हेलिकप्टर दुर्घटना हुँदा भारतका रक्षा प्रमुख विपिन रावतसँगै उनकी पत्निसहित १३ जनाको मृत्यु भएको थियो । तर उक्त दुर्घटनामा घाइते भएका भारतीय वायु सेनाका ग्रुप क्याप्टेनको वरुण सिंहको पनि आज उपचारको क्रममा मृत्यु भएको हो ।
हेलिकप्टरमा सवार १४ जनामध्ये सिंह गम्भीर घाइते भएका थिए । भारतीय वायु सेनाले आज दिएको जानकारीअनुसार जलेर गम्भीर घाइते उनको उपचारका क्रममा उनको निधन भएको हो ।




प्रतिक्रिया