काठमाण्डु – महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकल र स्कुटरका चालकसँगै यात्रा गर्ने अन्य यात्रुले पनि हेल्मेट लगाउनु पर्ने नियम लगाएको छ । इन्जिनयुक्त सवारी साधनमध्ये सर्वाधिक संख्यामा प्रयोगमा रहेको मोटरसाइकल र स्कुटर हो । तर, मोटरसाइकल चालक दुईवटा हेलमेट लिएर यात्रा गर्दैनन् ।
सुरक्षाका लागि भन्दै यातायात व्यवस्था विभागले ऐनमा नै चालकसँगै पछाडि बस्ने यात्रुका लागि हेल्मेट अनिवार्य गर्न प्रस्ताव गरेको हो । उक्त ऐनमा मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ भनि उल्लेख गरिएको छ ।




प्रतिक्रिया