काठमाण्डु – भरतपुरमा बुद्ध एयरको जहाज आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केही बेरमै यान्त्रिक गडबडी आएपछि पुनः भरतपुरमै अवतरण गरेको जनाइएको छ ।
नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः १६ बजे आकाशमा उड्नेबित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् ।




प्रतिक्रिया