काठमाण्डु – कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज आज नेपाल आइपुगेको छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान ७ः४५ बजे पहिलो खेप खोप आएको जानकारी दिए ।
त्यसैगरी बाँकी भोलि १४ लाख ५७ हजार डोज खोप पर्सी आउने जानकारी दिए । खोप युनिसेफ मार्फत आउन लागेको हो । २१ लाख ७६ हजार खोपमध्ये आज पहिलो खेप आएको हो ।
यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो । यो खोप एक डोज मात्र लगाए पुग्छ ।




प्रतिक्रिया