सामुदायिक विद्यालयमा विद्यार्थी पढ्दै कमाउँदै

सामुदायिक विद्यालयमा विद्यार्थी पढ्दै कमाउँदै


काठमाण्डु – हरियाली साँग, बोटमा लटरम्म गोल्भेडा, स्याउ, आरु, अलैचीका बोट पनि । कुनै कृषि फार्ममा गएजस्तो महसुस हुन्थ्यो । यतिमात्र होइन मौसमका विरुवाहरुपनि लगाउन तयारी हुंदै छ । यो पढ्दा तपाईलाई कुनै व्यक्तिको कृर्षि कर्म बारे होला भन्ने लागेको छ होला तर यो विद्यालय त्यो पनि सामुदायिक विद्यालयले गरेको कर्म हो । त्यसो भनिरहदा कुनै विकट क्षेत्रको विद्यालय तपाईंको सोचमा आउला तर यो काठमाण्डुकै बुढानिलकण्ठ माध्यमिक विद्यालयको कर्म हो ।

५ देखि १२ कक्षा सञ्चालन गरेको विद्यालयमा एक हजार १ सय ३५ विद्यार्थी छन् । उनीहरु पनि विद्यालयको करेशाबारीमा काम गर्छन् । आज बिहान विद्यालयको निरिक्षणमा पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालयको प्रसंसा गरेका छन् । सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागूहुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको मन्त्री पौडेलले प्रशंसा गरेका हुन् । विद्यार्थी र शिक्षकका लागि होस्टेलको व्यवस्था भएको विद्यालयमा आईटी, विज्ञान, कृषिलगायतका विषयमा प्रयोगात्मकसहित अध्ययन हुन्छ ।

‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जिवनउपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ । देशकै उत्कृष्ठ नतिजा ल्याउने दावी गरेको विद्यालयले डा. महाविर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोवट बनाउने काममा अनुसन्धान गरिरहेको छ ।

विद्यालयले निवाहमुखी कृषि प्रणाली भन्दा बैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्नुपर्ने मन्त्रीले सुझाव दिए । बुढानिलकण्ठका विद्यार्थीहरुले जसरी अध्ययनसँगै उत्पादनमा जोड दिनुभएको’, त्यसरी अन्य विद्यालयले पनि यहाँबाट केही सिक्न जरुरी छ ।’ मन्त्री पौडेलले भने ।

बजारमा जमिनको अभाव भएको बताउँदै भएको जमिनलाई व्यवस्थित गरि सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणको रुपमा देखाउन मन्त्री पौडेलको आग्रह छ । ‘११ सय ३५ विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउन पर्दैन,’ विद्यालयका प्रध्यानध्यापक आचार्य भन्छन् ,‘ तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख आम्दानी गर्न सफल भयौं ।’ उनका अनुसार विद्यालयले लोकल जातको विरुवा उत्पादन गरी अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्ता फिल्डमा आएर अवलोकन गर्न पाउनेछन् ।

‘विद्यार्थीलाई विरुवा रोप्ने र उब्जी कसरी हुन्छ भन्ने सिकाउँछौं अनि विरुवा दिएर घर पठाउँछौं’ प्रअ आचार्यले भन्नुभयो । कक्षा ५ देखि १२ कक्षासम्म पढाइहुने विद्यालयलमा विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सिप सिकाउने गर्दछ ।