दुई महिनापछि गृहको निर्णय कार्यान्वयन, काठमाण्डु प्रहरी प्रमुखमा एसएसपी गिरी हाजिर

दुई महिनापछि गृहको निर्णय कार्यान्वयन, काठमाण्डु प्रहरी प्रमुखमा एसएसपी गिरी हाजिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु प्रहरी प्रमुखमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुदीप गिरी हाजिर भएका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता बसन्त कुँवरले गिरी आजदेखि हाजिर हुने जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा कार्यरत गिरीलाई गृह मन्त्रालयले गत कात्तिकमा सरुवा गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको थियो ।

काठमाण्डु परिसरमा कार्यरत एसएसपी अशोक सिंहको ११ महिनामात्रै भएकोले सरुवा कार्यान्वयन नगर्न देउवाले निर्देशन दिएका थिए । दुई महिनापछि सोही निर्णयलाई आधार मान्दै गिरी शुक्रबार हाजिर भएका हुन् ।

एसएसपी सिंहलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ । उनी २०७७ मंसिर ५ बाट काठमाण्डु प्रहरी प्रमुख बनेका थिए ।