बेलायतमा एकैदिन ८८ हजार जनामा कोरोना संक्रमण पुष्टि

बेलायतमा एकैदिन ८८ हजार जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी-  पछिल्लो समय बेलायतमा कोरोना संक्रमणदर बढिरहेको छ । डेल्टा र ओमिक्रोन भेरियन्टको दोहोरो मारमा परिरहेको बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या वृद्धि भइरहेको छ ।

बिहीबार मात्रै त्यहा ८८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार बेलायतमा ८८ हजार ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

जुन संख्या महामारी शुरु भएयताकै उच्च हो । योसँगै एक हप्ताको अवधिमा दैनिक संक्रमितको संख्या ३१.४ प्रतिशतले बढेको हो । गत बिहीबार ५० हजार ८६७ नयाँ संक्रमित थपिएका थिए ।