काठमाण्डु – प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रमुखमा एसएसपी सुरेन्द्र मैनालीलाई खटाएको छ । विमानस्थलमा कार्यरत एसएसपी राजेश बाँस्तोला एक महिना लामो विदामा बसेपछि मैनालीलाई खटाइएको हो ।
उनी एक महिनाअघि मात्र सुडानस्थित एफपियु मिसनको कमाण्डरको जिम्मेवारीबाट स्वदेश फर्किएका थिए । एसएसपी बाँस्तोलाको एक वर्षको अवधि पनि पुगेकाले उनको सरुवा हुने सम्भावना छ ।
शुक्रबारदेखि नै काठमाडौं परिसरमा एसएसपी सुदीपराज गिरी खटिएका छन् । दुई महिनाअघि नै गृह मन्त्रालयउले उनको परिसरमा सरुवा गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको थियो ।




प्रतिक्रिया