काठमाण्डु – नेपाल बार एशोसियसनको बैठक अनिश्चितकालकालागि स्थगित भएको छ । हिजोको बैठकमा असार २८ को फैसलामा संलग्न संवैधानिक इजलासका पाँचै न्यायाधीशको बहिर्गमन र बार–बेञ्च समन्वय समितिमा बारको तर्फबाट पठाइएका चारजनालाई फिर्ता बोलाउनुपर्ने प्रस्ताव पेश भएको छ ।
उमेश विष्टको नेतृत्वमा उपस्थितको बहुमतले यी चार बुँदे प्रस्ताव अघि सारेपछि अध्यक्ष चण्डेश्वर श्रेष्ठले चलिरहेको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । प्रस्ताव राख्ने सबैजना एमालेनिकट पिपिएलएए आवद्ध बार पदाधिकारी तथा सदस्य हुन् । अर्को बैठक पुस ८ मा बैठक बस्ने भनिएको छ । यद्यपि यसबारे टुङ्गो लाग्न बाँकी छ ।
बार नेतृत्वको अगुवाइमा परमादेशको सेटिङ भएकाले सो प्रस्तावबाट अध्यक्ष श्रेष्ठ झस्किएर बैठक नै स्थगित गरेको आरोप एक सदस्यले लगाएका छन् । प्रधानन्यायाधीशको मात्र बहिगर्मन मागिरहेका अध्यक्ष श्रेष्ठ र महासचिव लिलामणि पौडेल सो प्रस्तावबाट अप्ठेरोमा परेका छन् ।




प्रतिक्रिया