सिंहदरबारबाहिर धर्ना बसेका कृष्ण पहाडीसहित २५ मानवअधिकारकर्मी पक्राउ

सिंहदरबारबाहिर धर्ना बसेका कृष्ण पहाडीसहित २५ मानवअधिकारकर्मी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि गरेको भन्दै सिंहदरबार अगाडि आयोजना गरेको धर्ना स्थलबाट प्रहरीले मानव अधिकारकर्मीलाई पक्राउ गरेको छ ।

मंलबार दिउँसो १ बजे धर्ना सुरु हुनासाथ प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेलसहित २५ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रहरीले महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको छ । प्रदर्शनकारीले स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।