काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ९९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २५१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । आज देशभर २५० जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट २ को मृत्यु भएको छ ।
काठमाण्डु उपत्यकामा ११० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डुमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ संक्रमित छन् ।




प्रतिक्रिया