काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ।देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।
हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव भने रहेको छैन। काठमाण्डुकाे न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको सबैभन्दा कम माइनस ५.३ डिग्री सेल्सियस रहेको छ ।
आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार भने प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ।




प्रतिक्रिया