काठमाण्डु – कैलालीमा एक युवकको घाटी रेटेर हत्या गरिएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्या गरिएको हो । दासको हत्या पछिको फोन रेकर्ड बाहिरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दासको हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएको हो ।
फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन् । मनोज नाम गरेका युवकले फोन रेडर्कमा भनेका छन्, ‘घाटी अलग छ शरिर अलग छ । तपाईँ एक र दुई दिनमा थाँहा पाउनुहुन्छ ।’ मनोजले नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा भनेका छन्।
प्रहरीका अनुसार दासको विभत्स ढंगले हत्या गरिएको छ । उनलाई सुरुमा रुखमा बाँधेर नग्न बनाइएको छ । त्यसपछि घाँटी रेटेर टाउको अलग बनाइएको छ । सामान्य परिवारका दास पुस २ गते साँझ घरबाट निस्केका थिए ।
राति घर नफर्केका दास पुस ३ गते दिउँसो स्थानीय घाँस काट्ने महिलाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली अनुसन्धानमा जुटेको छ । प्रहरी टोली अनुसन्धानको लागि पुस ३ गते बेलुकी नै तालिम प्राप्त कुकुरसहित घटना स्थल पुगेर फिर्ता भएको छ ।




प्रतिक्रिया