हुवावे स्टार्टअप आईसीटी अवार्डका फाइनलिस्टलाई हुवावे क्लाउड प्रदान

हुवावे स्टार्टअप आईसीटी अवार्डका फाइनलिस्टलाई हुवावे क्लाउड प्रदान


काठमाण्डु- हुवावेले हुवावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ । शुक्रबार द सोल्टी, काठमाण्डुमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलमा कम्पनीले ५ फाइनलिस्टलाई सम्मान गरेको हो ।

यसअनुसार विधाको विजेता खेती भेन्चर प्रालिलाई ३ हजार डलर बराबरको हुवावे क्लाउड पुरस्कार प्रदान गरिएको जनाइएकोब छ । सोही विधाका अन्य फाइनलिस्टहरूलाई प्रत्येक ५ सय अमेरिकी डलर मूल्य बराबरको हुवावे क्लाउड पुरस्कार प्रदान गरिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङलाई आईसीटी अवार्ड र समग्र नेपालको आईसीटी क्षेत्रलाई हुवावेले निरन्तर सहायता पुर्याइरहेकोमा प्रशंसापत्र हस्तान्तरण गरेका छन् ।