सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरोध

सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरोध


काठमाण्डु – सिरहामा दुई समूहबीचको झडपमा १ जनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–६ गोलबजारमा शनिबार राति पौने ८ बजे दुई पक्षबीच छुरा हानाहान भएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

छुरा प्रहारबाट २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको लागि आरके मेडिसिटी अस्पताल पु¥याएलगतै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै गम्भीर घाइते निकेश सदाको भने उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ । घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

यसैबीच दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरोध गरेको छन् ।