बाँदर र कुकुरबीच ‘ग्याङ फाइट’, २५० कुकुरको मृत्यु

बाँदर र कुकुरबीच ‘ग्याङ फाइट’, २५० कुकुरको मृत्यु


काठमाण्डु – भारतमा कुकुर र बाँदरबीच केही समयदेखि ग्याङ वार हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । महाराष्ट्रको बीडमा बाँदर र कुकुरबीच ग्याङ वार चलिरहेको छ । महाराष्ट्रको विडमा ककुरहरुको एउटा समूहले बाँदरको एउटा बच्चा मारिदिएपछि बाँदरहरु आक्रोशित बनेका हुन् ।

जिल्लाको मजलगाओन र लभुल गाउँमा बाँदरहरुको एउटा हुलले कुकुर मारिदिएको थियो । बाँदरले वरपर भएका कुकुरलाई टोकेर घरको छत तथा रुखको टुप्पोबाट खसालेका थिए । कुकुर देख्नेवित्तिकै बाँदरले अग्लो रुखको टुप्पो वा भवनको छतमा लगेर खसालिदिएको स्थानीयले बताएका छन् ।

उनीहरुका अनुसार बाँदरले पछिल्लो एक महिनामा मात्र २५० कुकुरलाई अग्लो ठाँउबाट खसालेका छन् । आक्रमणबारे सार्वजनिक भएको एउटा भिडियोमा बाँदरले निर्दयी ढंगले एउटा कुकुरको बच्चालाई टोकेर घरको छतमा पु¥याएर त्यहाँबाट खसालेको देख्न सकिन्छ । बाँदरलाई नियन्त्रणमा लिन स्थानीयले वन विभागका अधिकारी गुहारेका थिए । तर, विभागबाट खटिएका कर्मचारीले बाँदर नियन्त्रण गर्न नसकी फर्किएका थिए ।