चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवक निर्वाचित

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवक निर्वाचित


एजेन्सी – दक्षिण अमेरिकी राष्ट्र चिलीको राष्ट्रपतिमा ३५ वर्षीय युवक निर्वाचित भएका छन् । कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।

हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएका छन् भने कास्तले ४४ प्रतिशत मत पाएको बीबीसीले जनाएको छ ।

बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न तयार रहेको बताएका खबरमा उल्लेख गरिएको छ । राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता समेत हुन् । उनले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थनमा सहभागी भएका थिए ।

त्यसपछि सन् २०१३ मा भएको निर्वाचनमा उनी संसदको तल्लो सदनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका थिए । सन् २०१७ मा पनि उनी अघिल्लो पटकको भन्दा धेरै मतसहित विजयी भए ।