काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ ।
नेपाल वारले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सम्म आफ्नो आन्दोलन जारी राख्ने अडान लिएको छ । हिजो मात्रै प्रधानन्यायाधीशको निर्देशनमा सर्वोच्च प्रशासनले नाराबाजी बन्द गर्न नेपाल बारलाई निर्देशन दिएको थियो । तर, बारले भने सर्वोच्च प्रशासनको आग्रहलाई कुल्चिँदै आन्दोलन जारी राखेको हो ।
सर्वोच्च अदालतका १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बारले एक स्वरले राजीनामा माग्दै आएका छन् ।




प्रतिक्रिया