काठमाण्डु – कोरोना भाइरसविरुद्धको जोनसन एन्ड जोनसन खोप अनिवार्य गरेका मुलुकमा जान लागेका नागरिकका लागि सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि उक्त खोप दिँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाण्डुका वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट जोनसन एन्ड जोनसनको खोप दिन सुरु गरेको हो । भोलिदेखि भने काठमाण्डुका थप केही अस्पतालबाट पनि यो खोप दिइने तयारी भइरहेको जनाइएको छ ।
यस्तै, ललितपुरमा भोलिदेखि खोप दिने गरी तयारी भइरहेको छ । ललितपुरमा यसअघि एष्ट्राजेनेका र भेरोसेल खोप दिने गरिएका ११ केन्द्रबाट जोनसन एन्ड जोनसन खोप दिइने स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।




प्रतिक्रिया