उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना


काठमाण्डु – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराई हुस्सु र कुहिरो लागेकाे छ । दिउँसो प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

काठमाण्डुकाे न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको आसपास रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री तथा जोमसोमको माइनस २ डिग्री सेल्सियससम्म पुगेको छ ।

बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

बिहीबार प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार राति उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।