अन्तरजातीय विवाह गरेकै कारण बेपत्ता चन्द्रे कामी सकुशल भेटिए

अन्तरजातीय विवाह गरेकै कारण बेपत्ता चन्द्रे कामी सकुशल भेटिए


सिमकोट – अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण एक हप्तादेखी बेपत्ता हुम्लाका एक युवक फेला परेका छन् ।

दलित युवक चन्द्रे कामीले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका थिए ।

मंसिर २९ गतेदेखि बेपत्ता कामी हुम्लाको खार्पुनाथ गाउँपालिकामा बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ । उनलाई खार्पुनाथमा हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।

सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेको भन्दै युवती पक्षले युवक पक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै हप्ता दिनदेखि पारेका थिए ।

कामी र मल्ल अन्तरजातीय भएका कारण भागी विवाह गरेका कारण उनीहरूले विवाह गरेर भागेको दिनदेखि युवती माइतपक्षको धम्की सहँदै आउनुपरेको थियो ।

यता लिपु्रका माइती पक्षले खोजिरहेको भए पनि भेट्टाउन सकेका थिएनन् । पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात, आउ भेटौँ भनेर बोलाएपछि उक्त जोडी घरमा आएका हुन् । बुधबार राति मात्रै युवकको घरमा माइतीपक्ष आएर युवकलाई निर्घात कुटपिट गरेका थिए ।