काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण देखाउँदै न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्तिमार्फत बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका थिए ।




प्रतिक्रिया