एजेन्सी – संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले संयुक्त राज्य अमेरिकाले गरेको प्रस्ताव २६१५ पारित गरेको छ । राष्ट्रसंघले मानवीय उद्देश्यका लागि अफगानिस्तानमा पैसा प्रवाह गर्न अमेरिकालाई अनुमति दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन ।
नयाँ प्रस्तावको आधारमा अमेरिकाले मानवीय उद्देश्यका लागि अफगानिस्तानमा आर्थिक प्रतिबन्धहरू खुकुलो पार्नेछ र तालिबान अधिकारी र उनीहरूका संस्थाहरूलाई प्रक्रियामा संलग्न हुन अनुमति दिने विषय खामा प्रेसल उल्लेख गरेको छ ।
अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को कदमको स्वागत गर्दै अफगान जनताको समर्थनमा अन्तरराष्ट्रिय समुदायसँगै एकजुट रहेको बताएका छन ।




प्रतिक्रिया