काठमाण्डु – सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश मीरा खड्काले आफ्नो जन्म मिति फरक-फरक नरहेको बताएकी छिन् । न्यायाधीश खड्काको फरक फरक जन्ममिति रहेको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि उनले विज्ञप्तिमार्फत आफ्नो जन्म मिति फरक फरक नरहेको बताएकी हुन् ।
‘न्याय परिषद्ले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएको कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित होइन’, खड्काको विज्ञप्तिमा लेखिएको छ, ‘न्याय परिषदद्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा मेरो जन्ममितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख छ। मैले जन्ममिति सच्याउनु पर्ने कुनै कारण छैन र सच्याएको पनि छैन।’
एसएलसी लगायतका आफ्ना सम्पुर्ण शैक्षिक तहका प्रमाणपत्रहरुमा जन्म मिति वि.सं. २०१४ जेठ २ भन्ने नै उल्लेख भएको खड्काले बताएकी छन् ।





प्रतिक्रिया