टक खाती, काठमाण्डु – पछिल्लो समय कैलालीमा एकपछि अर्को गरी आपराधिक गतिविधि बढ्दै गएको छ । भुपेन्द्र बडुवाल प्रकरणदेखि केही दिन अगाडि अर्जुन दास प्रकरणले कैलालीमा आपराधिक गतिविधि बढ्दै गएको देख्न सकिन्छ ।
गत कात्तिक २३ गते मंगलबार राति लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको चक्कु प्रहार गरि हत्या भएको थियो । बडुवाल हत्या प्रकरण सेलाउन नपाउँदै फेरि अर्जुन दासको घाँटी रेटेर हत्या भयो । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय दास घाटी अलग शरीर अलग अवस्थामा फेला परे ।
दासको हत्या पछिको फोन रेकर्ड बाहिरिएको छ । प्रहरीका अनुसार दासको हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएको हो । फोन रेकर्डमा आफूलाई मनोज नाम भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनाएको बताएका छन् । मनोज नाम गरेका युवकले फोन रेकर्डमा भनेका छन्, ‘घाटी अलग छ शरीर अलग छ । तपाईँ एक र दुई दिनमा थाँहा पाउनुहुन्छ ।’
मनोजले नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको समेत फोनमा उल्लेख गरेका छन् । दासलाई सुरुमा रुखमा बाँधेर नग्न बनाइएको र त्यसपछि घाँटी रेटेर टाउको अलग बनाइएको थियाे । सामान्य परिवारका दास पुस २ गते साँझ घरबाट निस्किएका थिए । राति घर नफर्केका दास पुस ३ गते दिउँसो स्थानीय घाँस काट्ने महिलाहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यसरी सुदूरपश्चिमको कैलालीमा एक पछि अर्को आपराधिक गतिविधि बढ्दै गएपछि स्थानीयसमेत त्रासमा परेका छन् । एकपछि अर्को आपराधिक घटना वृद्धि हुनुले शान्ति सुरक्षामाथि नै प्रश्न उठ्न थालेको छ । घटनामा १५ देखि १९ वर्षका बालकहरुको संलग्न देखिएको छ । कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले आफूहरूले शान्ति सुरक्षा कायम राख्नका लागि कुनै कसर बाँकी नराखेको बताए ।
एसपी अधिकारले काठमाण्डुपाटीसँग भने, ‘अब घटना त कैलालीमा मात्र हैन देशभरि नै घटिरहेका छन् । कैलालीमा चाँहि केही घटना घटे । भुपेन्द्र बडुवालको र अर्जुन दासको हत्या भयो । यी घटना भनेका अत्यन्तै दु:खत हुन् । अपराधमा संलग्न चाहिँ १९ देखि २१ वर्षसम्मको बालकहरू छन् ।’
त्यसैगरी एसपी अधिकारी आपराधिक घटना वृद्धि हुनुमा परिवारको जिम्मेवारीको कमी देखिएको बताउँछन् । उनले अभिभावकहरूले आफ्ना छोराछोरीलाई सही बाटोमा हिँडाउन नसकेका कारण अभियुक्तहरुमा आपराधिक मानसिकता वृद्धि भएको बताए । ‘अलिकति घरपरिवारको कमी भएको जस्तो पनि देखिन्छ । सुरक्षाको पहिलो जिम्मेवार व्यक्ति आफै हो । जसरी हामीले आफ्नो घर छोडेर जाँदाखेरि ताला लगाएर जानुपर्छ भन्ने जिम्मेवारी हुन्छ । त्यसैगरि आफ्नो परवारको सुरक्षा, आफ्नो छिमेकीको पहिलो सुरक्षाको जिम्मेवार सबै भन्दा पहिले आफै हो । त्यसपछि समाज हो अनी मात्र प्रहरी हो । ’
एसपी अधिकारीले घटनाको अनुसन्धान गर्नमा आफ्नो टोली सक्रिय रहेको दावी गरे । ‘अब घटना घट्छन् । ती घटनालाई प्रहरीले कति सक्दो चाँडाे रेस्पोन्स गर्छ भन्नेमा निरभर रहन्छ । अपराध गर्ने व्यक्तिलाई कानुनी कठघरामा ल्याउने काममा चाँहि हामी निरन्तर लागि रहेका छौँ । त्यसमा हामी सफल पनि भएका छौँ,’ उनले भने, ‘अब घटना त अमेरीका, बेलायत जस्ता विकशित देशमा पनि घट्छन् । नेपाल प्रहरी कैलालीमा घटेका घटनाको अनुसन्धानमा एकदमै सक्रिय छ । हामीले अब अगामि दिनमा यस्ता घटना नघटुन बन्ने उदेश्येले जनचेतना मुलक कार्यक्रमहरु गरिहेका छौँ । हामीले फरारहरु समातिरहेका छौँ ।’
एसपी अधिकारीले प्रहरीको सकारात्मक पाटो हेर्न पनि आग्रह गरेका छन् । ‘केहि घटना घटे यी घटना हेरेर कैलाली प्रहरी मौन छ भन्न पनि मिल्दैन् । सकारात्मक पाटोहरु पनि हेरिदिनुपर्छ । हामीले लागुऔषधमा पनि विगतको वर्ष भन्दा पाँच महिनामा बढी मान्छेहरु समातेका छौँ । लागुऔषधविरुद्ध हाम्रा सन्ततिको भविष्य बचाउँ भन्ने कार्यक्रम चलाएका छौँ ।’ उनले भने । एसपी अधिकारीले अर्जुन दासको हत्यारा पत्ता लागि सकेको समेत दावी गरे । ‘अव दासको हत्यारा पत्ता लागिसकेको छ । हत्यारा फरार रहेकाले खोजि जारी छ । अनुसन्धानको क्रममा भएकाले नाम भन्न मिल्दैन् ।’ उनले भने ।
अपराधका घटना बढेपछि सुरक्षाकर्मीको उपस्थिति बढाउन सांसदको माग
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद झपट बहादुर रावलले गृहमन्त्री बालकृष्ण खाडसँग भेटवार्ता गरेका छन् । कैलालीस्थित आफ्नो निर्वाचन क्षेत्रमा पछिल्लो समय अपराधिक घटनाहरु बढिरहेको भन्दै सांसद रावलले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएका हुन् ।
गृह मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै रावलले जनताको जिउधनको सुरक्षासहित शान्तिपूर्ण ढंगले बाच्न पाउने अधिकारको सृजना गर्न माग गरे । क्षेत्र नम्बर २ अन्तर्गत लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा जघन्य अपराधका घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेको, एकपछि अर्को गरी भइरहेका विभत्स हत्याका घटनाले स्थानीय आतंकित भइरहेको भन्दै रावलले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् ।
यस क्षेत्रका प्रहरी कार्यालयमा सुरक्षाकर्मीहरुको संख्या पनि आवश्यकताभन्दा कम रहेको जानकारी गराउँदै रावलले थप सुरक्षाकर्मीहरुको व्यवस्थासहित प्रहरी कार्यालयलाई साधनस्रोत सम्पन्न बनाउन पनि माग गरे ।
आपराधिक क्रियाकलापलाई यथाशिघ्र नियन्त्रणमा ल्याई जनताको जिउज्यानको सुरक्षाको साथै शान्तिको प्रत्याभूति दिलाउन उनको माग छ । यसका लागि सांसद रावलले लम्कीचुहा नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय मोतिपुरलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मातहतमा रहने गरी सञ्चालन गर्न सुझाव दिएका छन् ।
त्यसैगरी जानकी गाउँपालिकास्थित अमरावती प्रहरी चौकीमा थप प्रहरी सुरक्षाकर्मी तत्काल उपलब्ध हुने व्यवस्था मिलाउन माग गरेका छन् । रावलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डेलाई तत्काल सुरक्षा व्यवस्था गर्न आवश्यक कारवाही अगाडि बढाउन निर्देशन दिएका छन् ।




प्रतिक्रिया